नक्कली नोटसहित पक्राउ: डेराबाट झण्डै ९ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँ बरामद

नक्कली नोटसहित पक्राउ: डेराबाट झण्डै ९ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँ बरामद

महाेत्तरीः नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।

महतोको गौशालास्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली र दुई लाख ८० हजार ९२९ भारतीय नोट प्रहरीले बरामद गरेको छ। तीमध्ये कति नक्कली र कति सक्कली भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताए। 

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका महताे तरकारी व्यापारी भएकाे र उनले नेपाल र भारत दुवैतिर व्यापार गर्दै आएकाे बताइएकाे छ। 

कात्तिक ११, २०७८ बिहीबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।