बिहीबारका लागि सर्वाेच्चमा ताेकियाे ८ वटा इजलास
काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले बिहीबारका लागि ८ वटा इजलास ताेकेका छन्। उनले आफूसहितकाे पूर्ण इजलाससमेत ताेकेका छन्।
उनले अन्य न्यायाधीशहरुका लागि ६ वटा संयुक्त इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरू दीपककुमार कार्की र टंकबहादुर मोक्तान, मीरा खड्का र कुमार चुडाल, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना र कमनोज कुमार शर्मा, प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलास तोकिएकाे छ।
आज प्रधानन्यायाधीश राणाले आफ्नो पूर्ण इजलास पनि तोकेका छन्। प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग उठिरहेकाे बेला उनले आज ८ वटा इजलास ताेकेका हुन्।
कात्तिक ११, २०७८ बिहीबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।