कृषि कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुराेध
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले कृषि कार्य तथा यात्रा गर्दा सामान्य सावधानी अपनाउन अनुराेध गरेकाे छ। आज देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातकाे सम्भावना भएकाे हुँदै सामान्य सावधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे हाे।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा माैसम सफा रहेको छ।
आज दिउँसाे पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेकाे बुलेटिनमा भनिएकाे छ, 'देशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ।'
कात्तिक ११, २०७८ बिहीबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।