चिकित्सकको उपाधि नभएका व्यक्तिले उपाधि प्रयोग गर्नु गैरकानुनी : मेडिकल काउन्सिल 

चिकित्सकको उपाधि नभएका व्यक्तिले उपाधि प्रयोग गर्नु गैरकानुनी : मेडिकल काउन्सिल 

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले चिकित्सकको उपाधि नभएका व्यक्तिले उपाधिको प्रयोग गरे गैरकानुनी हुने जनाएको छ।

काउन्सिल वा परिषद्बाट प्रदान गरिने दर्तामा चिकित्सकको उपाधि नभएका व्यक्तिले सो उपाधि प्रयोग गर्नु गैरकानुनी ठहर्ने बताएको छ। 

चिकित्सा शास्त्रमा स्नातक उपाधि हासिल गरी नेपाल मेडिकल काउन्सिलमा प्रक्रिया बमोजिम चिकित्सकको रूपमा नाम दर्ता भएपछि त्यस्तो व्यक्तिको नामको अगाडि चिकित्सक वा डाक्टर उपाधि सहित लाइसेन्स प्रमाणपत्र प्रदान गरिने काउन्सिलले जनाएको छ। 

काउन्सिलले विज्ञप्ति निकालेर काउन्सिल वा परिषद्को दर्तामा नभएका व्यक्तिले चिकित्सकको उपाधि प्रयोग गर्नु गैरकानुनी हुने जानकारी दिएको हो।

कात्तिक १०, २०७८ बुधबार २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।