काँग्रेस महाधिवेशनको नयाँ मिति मङ्सिर २७ गर्न प्रस्ताव
काठमाडौँ : नेपाली काँग्रेसको निर्वाचन समितिले १४ औँ महाधिवेशन मङ्सिर २७ मा गर्न सिफारिस गरेको छ। क्रियाशील सदस्यता लगायतका विवादले पार्टीको घोषित कार्यपालिका प्रभावित भएपछि बुधवार नयाँ कार्यपालिका प्रस्ताव गरेको हो।
प्रस्तावित तालिकामा कात्तिक २७ बाट अधिवेशन हुन बाँकी वडाको अधिवेशन सुरु गरेर पुस १ गते सबै तहको अधिवेशन सक्काउन सिफारिस गरिएको छ। काँग्रेसले पटक-पटक महाधिवेशनको मिति तोके पनि अगाडि बढाउन सकेको छैन। क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानको माग गर्दै अहिले पनि पार्टीको केन्द्रमा एक समूह अनशन बसिरहेको छ।
काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका :
- कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
- मङ्सिर ३ गते : प्रदेश सभा अधिवेशन
- मङ्सिर ६ गते : सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन
- मङ्सिर १० गते : जिल्ला अधिवेशन
- मङ्सिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
- मङ्सिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन
कात्तिक १०, २०७८ बुधबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।