संसद् सचिवालयमा पेस्तोल पड्कियो 

संसद् सचिवालयमा पेस्तोल पड्कियो 
फाइल तस्बिर

काठमाडौँ : सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस्तोल खसेर पड्केको छ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी पिएसओ हिँड्दा पेस्तोल खसेर पड्किएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोल खसेर पड्केको हो।  ‘प्रारम्भिक जानकारी अनुसार हिँड्दा खसेर पड्केको सूचना आएको छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

कात्तिक १०, २०७८ बुधबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।