जबरजस्ती करणी मुद्दामा दोषी ठहर रोहन पक्राउ 

जबरजस्ती करणी मुद्दामा दोषी ठहर रोहन पक्राउ 

काठमाडौँ : जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका सिन्धुपाल्चोक दुवाचौरका २९ वर्षका रोहन विक भन्ने रोहन श्रेष्ठ पक्राउ परेका छन्।

रोहन एक युवतिलाई खाजा खान जाऊँ भनी ललाई(फकाई काठमाडौँ कागेश्वरी मनहराको एक गेस्टहाउस पुर्याएर जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर भएका थिए। 

उच्च अदालत पाटनले मुलुकी ऐन, जबरजस्ती करणी महलको ३ (५) बमोजिम ५ वर्ष कैद फैसला सुनाएको थियो। 

केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागी परिचालित विशेष टोलीले रोहनलाई सिपाघाट, सिन्धुपाल्चोकबाट पक्राउ गरेको जनाएको छ। राेहन ६ वर्षदेखि फरार थिए।

फैसला कार्यान्वयनको लागि रोहनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ।

कात्तिक १०, २०७८ बुधबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।