शोक प्रस्ताव पारित गरेर सकियो सर्वोच्चको पूर्ण बैठक
काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित अदालतमा उपस्थित १५ जना न्यायाधीशको उपस्थितिमा बसेको पूर्ण बैठकले शोक प्रस्ताव पारित गरेको प्रवक्ता बाबुराम दाहालले उकेरालाई जानकारी दिए।
शोक प्रस्ताव पारित गरेपछि आज इजलास नबसेको दाहालले बताए। प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेका १४ जना न्यायाधीशहरु पूर्ण बैठकमा सहभागी भए। उनीहरूले प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक बहिष्कार गरेका थिए।
शोक प्रस्ताव पारित पछि छुट्टै छलफल गरेका न्यायाधीशहरुले न्यायपालिकाको सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनु पर्ने मागमा अडिग रहने निष्कर्ष निकालेका एक न्यायाधीशले बताए।
प्रधानन्यायाधीश राणाले भने विवाद र प्रश्न उठेका न्यायाधीशहरुले राजीनामा दिए आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको जवाफ दिएका छन्।
कात्तिक १०, २०७८ बुधबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।