होटल सङ्घ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको निधन

होटल सङ्घ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ : होटल सङ्घ नेपालका पूर्व अध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको माडिसिटी अस्पतालमा कात्तिक ८ गते उपचारको क्रममा उनको निधन भएको हो।

विसं १९९५ मा काठमाडौँको तुम्बहालमा जन्मिएका श्रेष्ठले काठमाडौँको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए।

उनी लामो समयदेखि होटल सङ्घ नेपालमा आबद्ध रही सन् १९९८ देखि सन् २०००.सम्म होटल सङ्घ नेपालको नेतृत्व गरेका थिए। श्रीमती, दुई छोरा र दुई छोरी रहेका श्रेष्ठको निधनप्रति होटल सङ्घ नेपालले दुख व्यक्त गरेको छ।

कात्तिक १०, २०७८ बुधबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।