अदालतको परमादेशले संविधान बचाएको छ: प्रधानमन्त्री देउवा

अदालतको परमादेशले संविधान बचाएको छ: प्रधानमन्त्री देउवा

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान बचाएको बताएका छन्। नेपाल तरुण दलको ६८औं स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको एक कार्यक्रममा देउवाले यस्ताे बताएका हुन्। 

'केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो', उनले भने।

सर्वाेच्च अदालतले केपी शर्मा ओलीले दाेश्राे पटक गरेकाे संसद् विघटनलाई बदर गर्दै परमादेश जारी गरेर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकाे थियाे।

देउवाले पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको पनि बताए।

यस्तै देउवाले अदालतमा देखिएकाे बेथितिकाे बारेमा केही नबाेल्ने बताउँदै अदालतभित्रको कुरा अदालतले नै समाधान निकाल्ने बताए।

कात्तिक १०, २०७८ बुधबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।