प्रधानन्यायाधीशकाे एकल इजलासकाे सुनुवाइ सकियाे, न्यायाधीशहरू आन्तरिक छलफलमा

प्रधानन्यायाधीशकाे एकल इजलासकाे सुनुवाइ सकियाे, न्यायाधीशहरू आन्तरिक छलफलमा

काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे एकल इजलासकाे सुनुवाइ सकिएकाे छ। आज सर्वाेच्च अदालतमा ११ वटा इजलास ताेकिए पनि राणाकाे इजलासमा मात्र सुनुवाइ भएकाे हाे।

राणाकाे इजलासका ५ वटै मुद्दामा आदेश जारी भएकाे छ। सर्वाेच्चमा आज पेसी ताेकिएका अरू इजलास बस्ने नबस्ने अझै अनिश्चित छ।

हाल प्रधानन्यायाधीशकाे भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन्।

हाल सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। अदालतमा सञ्चारकर्मीको प्रवेशमा समेत कडाइ गरिएकाे छ।

कात्तिक १०, २०७८ बुधबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।