एमाले अधिवेशन: बाँकेमा आठमध्ये ६ पालिकामा सर्वसम्मत

एमाले अधिवेशन: बाँकेमा आठमध्ये ६ पालिकामा सर्वसम्मत

बाँकेः नेकपा एमालेकाे पालिका तहकाे अधिवेशनअन्तर्गत बाँकेकाे ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्त्व चयन भएकाे छ। दुई स्थानीय तहमा भने अधिवेशन स्थगन भएको छ।

बाँकेकाे कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्त्व चयन हुन नसकेपछि अधिवेशन स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले बताए। यी पालिकामा आज पुनः नेतृत्त्व चयन प्रक्रिया सुरु हुनेछ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिकासहित ६ स्थानीय तहमा भने सर्वसम्मत नेतृत्त्व चयन भएकाे हाे। उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्त्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापा चयन भएका छन्।

खजुरा गाउँपालिकामा अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन्। यता जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना चयन भएका छन्। 

राप्तीसोनारी गाउँपालिकामा अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको छ। नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा चयन भएका छन्। 

नरैनापुर गाउँपालिकामा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन्। 

कात्तिक १०, २०७८ बुधबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।