एमाले अधिवेशन : रुपन्देहीका चार पालिकामा नेतृत्व चयन हुन सकेन
बुटवल : नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत रूपन्देहीका १६ मध्ये ४ पालिकामा नेतृत्व चयन अझै हुन सकेको छ। जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा नेतृत्वको लागि सहमतिको प्रयास जारी भएको एमालेले जनाएको छ।
बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्ष पदका लागि सर्वसहमतिमा चयन भए पनि सचिव तथा उपसचिवका २ वटा पदका लागि चुनाव हुने देखिएको छ।
बुटवल उपमहानगरको अध्यक्ष र उपाध्यक्ष पदसहित १२ पालिकाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ। तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।
बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन्। सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष भएका छन्। त्यस्तै शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको एमालेले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा निसार अहमदको अध्यक्षतामा सबै नगर कमिटी सर्वसम्मत चयन भएको छ भने गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा नेतृत्व चयन भएको हो।
कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
दाङमा सबै पालिकामा सकियो
नेकपा एमालेको दाङका १० वटै पालिकामा प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा माधव वली चयन भएका छन्। घोराही उपमहानगरपालिकाको अध्यक्षमा भुवन चौधरी, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर ओली, राप्ती गाउँपालिकाको अध्यक्षमा मदन अधिकारी चयन भएका छन्।
त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा बाबुराम अधिकारी, लमही नगरपालिकाको अध्यक्षमा दण्डीराम चौधरी, राजपुर गाउँपालिकाको अध्यक्षमा हेमकुमार जिसी, बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा पुष्पराज भण्डारी र दंगीशरण गाउँपालिका अध्यक्षमा रेशम वली चयन भएको एमालेले जनाएको छ।
पाल्पामा पनि सकियो
पाल्पाका १० स्थानीय तहमा पनि नयाँ नेतृत्व चयन भएको छ। तानसेन नगरपालिका गुराँस आत्रेय अध्यक्ष चुनिएका छन्। रामपुर नगरपालिकाको अध्यक्षमा विष्णु रेग्मी, तिनाउ गाउँपालिकामा प्रेम श्रेष्ठ, रम्भा गाउँपालिकामा योगेन्द्रप्रसाद गैरे, रैनादेवी छहरा गाउँपालिकामा रामप्रसाद ज्ञवाली अध्यक्षमा चुनिएका छन्।
त्यस्तै रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा आशिष विश्वकर्मा, बगनासकाली गाउँपालिकामा हरि पाठक, माथागढी गाउँपालिकामा तेज घर्तीमगर, पूर्वखोला गाउँपालिकामा जीवन आचार्य, रिस्दी गाउँपालिकामा नरेश सुनारी चयन भएका छन्।
अर्घाखाँची
अर्घाखाँचीका सबै स्थानीय तहमा सर्वसम्म गाउ नगर कमिटी चयन भएको छ। सन्धिखर्क नगरपालिकाको अध्यक्षमा कृष्ण भुसाल चयन भएका छन्।
त्यस्तै उपाध्यक्षमा शिव अधिकारी, सचिवमा कुशल भुसाल चयन भएका छन्। भूमिकास्थान नगरपालिकाको अध्यक्षमा मणिराम पौडेल, शीतगंगा नगरपालिकाको अध्यक्षमा बसन्त श्रेष्ठ, पाणिनी गाउँपालिकामा कमल प्रसाद घिमिरे, छत्रदेव गाउँपालिकामा रामजीप्रसाद पाण्डे, मालारानी गाउँपालिकामा शालिकराम आचार्य अध्यक्षमा चयन भएका छन्।
बाँकेमा अझै २ स्थानीय तहको बाँकी
बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपालगन्ज उपमहानगरमा दत्तप्रसाद आचार्य अध्यक्षमा चयन भएका छन्। खजुरा गाउँपालिकामा गेहेन्द्र दाहाल, डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, नरैनापुर गाउँपालिकामा पन्चराम यादव, राप्ती सोनारीमा मनोज केसी अध्यक्षमा चयन भएका छन्। त्यस्तै जानकी गाउँपालिकामा विसराम बर्मा अध्यक्षमा चयन भएका छन्।
यता गुल्मीमा केही स्थानिय पालिकामा सर्वसहमत नेतृत्व चयन भएको छ भने कतिपयमा निर्वाचन भएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा ओम कार्की अध्यक्षमा चुनिएका छन्। इस्मा गाउँपालिकामा राजेन्द्र विक्रम कुँवर चयन भएको छन्। अन्य पालिकामा नेतृत्व चयनको प्रयास भइरहेको छ।
कात्तिक १०, २०७८ बुधबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।