प्रहरीको हत्या गरेकाे अभियोगमा ९ जनालाई जन्मकैद

प्रहरीको हत्या गरेकाे अभियोगमा ९ जनालाई जन्मकैद

धनगढीः प्रहरीको हत्या गरेकाे अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले  मङ्गलबार ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिए।

उनका अनुसार राजिव गुप्ताले भने सफाई पाएका छन्। उनीहरूले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेका थिए।

कात्तिक १०, २०७८ बुधबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।