पहाडी र हिमाली भूभागका एक दुई स्थानबाहेक अन्त माैसम सफा रहने
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा माैसम सफा रहनेछ। हाल नेपालमा उल्लेखनीय माैसम प्रणाली नरहेकाले आज माैसम सफा रहने भएकाे हाे।
हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएकाे छ भने बाँकी भूभागमा माैसम सफा रहेको छ।
यस्तै आज दिउँसाे पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातकाे सम्भावना रहेकाे छ। आज राति पनि यही माैसम प्रणाली रहने महाशाखाले जनाएकाे छ।
कात्तिक १०, २०७८ बुधबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।