युनिफाइड केन्द्रीय अस्पतालको सर्किजल भवनमा मिर्गौला प्रत्यारोपण सुरु

युनिफाइड केन्द्रीय अस्पतालको सर्किजल भवनमा मिर्गौला प्रत्यारोपण सुरु

कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको सर्किजल भवनको फार्मेसीमा अहिले विशेष गरी कोभिड–१९ लक्षित औषधि राखिएको उनले जानकारी दिएका छन्।

त्यसै गरी डा. बस्नेतले कोरोना भाइरस सङ्क्रमणका कारण २०७६ चैत देखि अस्पतालमा रोकिएको मिर्गौला प्रत्यारोपण पनि सुरु भएको जानकारी दिए। 

उनले अस्पतालमा ५० वर्षका पुरुषको मङ्गलवार सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए। 

५० वर्षका पुरुषलाई उनकी ४९ वर्षीय श्रीमतीले मिर्गौला दिएको डा. बस्नेतले जानकारी दिए। डा. बस्नेतका अनुसार मिर्गौला लिने र दिने दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनले भने,‘दुवैले स्वास्थ्य लाभ गरिरहनु भएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य छ।’

कात्तिक ९, २०७८ मंगलबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।