ओलीले भने, परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिनु
राष्ट्रपतिका अधिकारमाथि धावा बोल्नेहरू अहिले पोल खोलाखोल गरिरहेको भन्दै ओलीले पाँचै जनाले राजीनामा दिनु पर्ने बताए।
एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले न्याय प्रणाली स्वच्छ पारदर्शी हुनुपर्ने बताए। ‘अदालत गएपछि न्याय पाउँछ भन्ने विश्वास हुनुपर्छ,’ओलीले भने,‘के आज त्यो विश्वासको स्थिति छ?’
उनले प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा परमादेश जारी गर्ने प्रधानन्यायाधीश राणा सहित पाँचै जनाले राजीनामा दिनु पर्ने बताए। ‘यो न्यायाधीश राख्न हुन्छ, यो राख्नु हुन्न, बस्छु भन्नेलाई हटाउने बस्दिन भन्नेलाई राख्ने,’ओलीले भने,‘बारले इजलास गठन गर्ने, अधिवक्ताहरूले इजलास गठन गर्ने अभ्यासहरू भए।’
उनले एक जनाको मात्रै राजीनामा माग्नु उपयुक्त नभएको बताए।
कात्तिक ९, २०७८ मंगलबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।