संवैधानिक बाटाेबाट आएकाे हुँ, सडककाे आवाजकाे भरमा राजीनामा दिन्न: प्रधानन्यायाधीश राणा
काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएका छन्। सर्वाेच्च अदालत स्राेतका अनुसार प्रधानन्यायाधीशकाे भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूसँगकाे भेटमा उनले राजीनामा नदिने बताएका हुन्।
प्रधानन्यायाधीश राणालाई न्यायाधीशहरूले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।
राणाले भने, 'संवैधानिक बाटोबाट आएको हुँ। सडकको आवाजको भरमा म राजीनामा दिन्न। यसरी न्यायालय बच्न सक्दैन। मार्ग प्रशस्त गर्ने भए विवादमा आएका र प्रश्न उठेका सबै न्यायाधीशहरूले पनि राजीनामा दिऔं।'
कात्तिक ९, २०७८ मंगलबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।