भारतकाे बिहारबाट लागूऔषधसहित नेपाल प्रवेश गरेका तीन जना पक्राउ
महोत्तरीः नेपालमा प्रतिबन्धित लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेका छन्।
भारतको बिहार राज्यको कन्हमा शहरबाट लागूऔषध बोकी महोत्तरीको सम्सी हुँदै नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले लागूऔषधसहित पक्राउ गरेकाे हाे।
उनीहरूका साथबाट एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइट्राभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ।
पक्राउ परेका तीन जनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएकाे छ।
कात्तिक ९, २०७८ मंगलबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।