माैसम अपडेट: हल्का वर्षा र हिमपात हुने सम्भावना
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज देशका थाेरै स्थानमा हल्का वर्षा हुने जनाएकाे छ। यस्तै आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया माैसम सफा रहेको छ।
आज दिउँसाे तराईका भूभागमा सामान्यतया सफा रहने छ भने कतै आंशिक बदली हुने सम्भावना छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
आज राति पनि यही माैसम प्रणाली जारी रहने छ।
कात्तिक ९, २०७८ मंगलबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।