वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारी
काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार बसेको बैठकले सुशील घिमिरेले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नियुक्तिको निर्णय गरेको हो।
यसै गरी, बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
कात्तिक ८, २०७८ सोमबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।