सरकारले बेमौसमी वर्षाले गरेको क्षतिबारे अध्ययन गर्न कार्यदल बनायो
काठमाडौँ : बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको धान बालीको क्षतिबारे अध्ययन गर्न सरकारले गृह सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार कार्यदललाई बेमौसमी वर्षाका कारण धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ।
कात्तिक ८, २०७८ सोमबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।