मङ्सिर र पुसमा बाघ गणनाको तयारी
नेपालमा चार/पाँच वर्षकाे अन्तरालमा बाघकाे गणना गर्दै आइएकाे छ। नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइने गरेकाे छ। यी निकुञ्जमा बाघ गणनाकाे तयारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेकाे छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हिउँदमा बाघ गणनाका लागि उपयुक्त मानिने बताए। उनका अनुसार क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिने तयारी रहेकाे छ।
चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिने तयारी रहेकाे छ। यसअघि सन् २०१८ मा गरिएको गणनामा नेपालमा दुई सय ३५ बयस्क बाघ फेला परेका थिए।
कात्तिक ८, २०७८ सोमबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।