दसैँमा तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीको एसपीको सरुवा
चाडबाडमा जुवा विरुद्ध अभियान चलाएको प्रहरीको जिल्ला नेतृत्व आफैँले तास खेलेको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको काज सरुवा गराएका हुन्। उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर उनको स्थानमा एसपी कृष्ण प्रसाईँलाई पठाइएको छ।
यसै गरी कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै धनुषाका एसपी प्रकाश रानाभाटको समेत काज सरुवा निस्किएको छ। उनलाई कार्य विभागमा सरुवा गरिएको छ। धनुषामा धनुषामा एसपी वसन्त रजौरेलाई कार्यालय प्रमुख बनाएर पठाइएको छ।
कात्तिक ७, २०७८ आइतबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।