बुटवलमा एम्बुलेन्स र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे मृत्यु

बुटवलमा एम्बुलेन्स र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे मृत्यु

दुर्घटनामा परी मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बस्ने सैनामैना ४ बस्ने ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रबक्ता डिल्लीनारायण पाण्डेले जानाकारी दिए।

पश्चिमबाट बुटवलतर्फ आइरहेको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको मोटरसाईकल दुर्घटनामा परेकाे हाे। दुर्घटनापछि गम्भीर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा राति  १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर खाने मोटरसाईकल र एम्बुलेन्स दुवैलाई नियन्त्रणमा लिएको छ। त्यस्तै एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ बस्ने ३६ वर्षीय सुरेन्द्र मुराउ पनि घाइते भएको र उनको बुटवलमै उपचार भइरहेको छ। 

कात्तिक ७, २०७८ आइतबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।