ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापाः जिल्लाकाे कनकाई नगरपालिका-९ लक्ष्मीपुरमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएकाे थियाे।
तर उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
कात्तिक ७, २०७८ आइतबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।