सर्लाहीमा करेन्ट लागेर दुई जनाकाे मृत्यु, माेटरसाइकलकाे ठक्करले बालककाे गयाे ज्यान 

सर्लाहीमा करेन्ट लागेर दुई जनाकाे मृत्यु, माेटरसाइकलकाे ठक्करले बालककाे गयाे ज्यान 

सर्लाहीः शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जनाकाे करेन्ट लागेर मृत्यु भएकाे हाे भने मोटरसाइकलले ठक्कर दिँदा एक बालककाे पनि ज्यान गएकाे छ। 

ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्युबवेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया  पपितादेवी साहको मृत्यु भएको बताए। 

यस्तै करेन्ट लागेर नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको पनि मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए। विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।

यता बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ।

कात्तिक ७, २०७८ आइतबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।