पश्चिमी प्रशान्त सागरमा रुस र चीनकाे संयुक्त गस्ती
एजेन्सीः रुस र चीनका युद्धपाेतले पश्चिमी प्रशान्त सागरमा पहिलाे संयुक्त गस्ती गरेका छन्। रुसकाे रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै पहिलाे संयुक्त गस्ती गरेकाे जनाएकाे हाे।
५/५ वटा गरी कूल १० वटा युद्धपाेतसहित गस्ती गरिएकाे थियाे। गस्ती एक साता लामाे भएकाे मन्त्रालयले जनाएकाे छ। कूल एक हजार सात सय समुन्द्री माइलमा गस्ती गरिएकाे थियाे।
विज्ञप्तिका अनुसार संयुक्त गस्तीकाे उद्देश्य रुस र चीनकाे झण्डा प्रदर्शन गर्नु, एसिया-प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नु रहेकाे थियाे।
कात्तिक ६, २०७८ शनिबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।