दुर्गाबहादुर बुढाथाेकीकाे अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस
काठमाडाैंः अपहरण तथा शरीर बन्धक मुद्दामा सफाई पाएका आराेपी दुर्गाबहादुर बुढाथाेकीकाे अनुसन्धानमा संलग्न अनुसन्धान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएकाे छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी चक्रबहादुर सिंहको नेतृत्त्वमा बनेको छानबिन समितिले काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक नानीकाजी थापासहित एक/एक जना असई र हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हाे।
सिंह नेतृत्त्वकाे समितिले मुद्दा कमजोर बनाउने उनीहरूको नियत नदेखिएको तर लापरबाही भएको निष्कर्ष निकालेको एआइजी हरिबहादुर पालले बताए। अपहरण तथा शरीर बन्धक मुद्दामा गत माघमा सीआईबीकाे टोलीले बुढाथाेकीलाई पक्राउ गरेको थियाे।
प्रहरीले भारतबाट पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। तर बुढाथोकीले प्रहरीमा दिएकाे बयान र अदालतमा दिएकाे बयान फरक परेकाे थियाे।
प्रहरीले अनुसन्धान गर्दा उनले आफू नेपाली नागरिक भएको स्वीकारेका थिए भने अदालतमा आफू भारतीय भएको बताएका थिए। यहि आधारमा काठमाडौं जिल्ला अदालतले उनलाई सफाई दिएको थियो।
दुर्गाबहादुर बारे उकेराकाे अन्य समाचार
कात्तिक ६, २०७८ शनिबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।