ओलीको आरोप, पाँच दलीय गठबन्धन प्रतिगामी
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन्।
एमालेको आजदेखि सुरु वडा अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्दै ओलीले देशलाई अस्थिरतामा धकेल्न, अग्रगमन हुन नदिन प्रतिगामी गठबन्धन बनेको आरोप लगाए।
उनले कम्युनिस्ट आन्दोलन सफल हुन नदिन र कम्युनिस्ट सरकार ढाल्नका लागि गठबन्धन बनेको बताए।
उनले दक्षिणपन्थी अवसरवादलाई पराजित गर्ने नारालाई साकार पार्न एकजुट भएर अगाडि बढ्न आग्रह गरे। उनले नेकपा एमाले अहिले पनि देशको प्रमुख शक्ति रहेको बताए।
कात्तिक ६, २०७८ शनिबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।