नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको खोजी चल्दै

नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको खोजी चल्दै
फाइल तस्बिर

धनगढी : सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्।

बझाङको सुर्मा गाउँपालिका–४ भेलादकी अन्दाजी १९ वर्षिया सीमा कुमारी बोहरा सेती नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

आज शनिवार बिहानदेखि बेपत्ता किशोरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कात्तिक ६, २०७८ शनिबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।