नेतृत्व सर्वसम्मत चयन गर्न ओलीले गरे आग्रह
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न वडा कमिटीलाई आग्रह गरेका छन्।
६ हजार ७४३ वडामा सुरु एमालेको वडा अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका हुन्।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि चितवनमा हुदैछ।
ओलीले आज वडा अधिवेशन हुन नसकेका वडा अधिवेशन छिटै गर्न पनि आग्रह गरे। उनले बाढी पहिरोका कारण कतिपय वडामा आज अधिवेशन हुन नसकेको बताए।
ओलीले बाढी पहिरोमा परेकाको उद्धार र राहतमा लाग्न सरकारलाई सुझाव पनि दिएका छन्।
कात्तिक ६, २०७८ शनिबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।