एमालेको वडा अधिवेशनमा ओलीको भर्चुअल सम्बोधन
काठमाडौँ : नेकपा एमालेले देशभरका वडामा अधिवेशन सुरु गरेको छ। पार्टीको १० औँ महाधिवेशन अन्तर्गत एमालेको वडा अधिवेशन सुरु भएको हो।
आज शनिबार अधिवेशन हुन नसकेका वडामा कार्तिक मसान्तसम्म अधिवेशन गराउन समय दिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘आज अधिवेशन भएका पालिकाको अधिवेशन कार्तिक ९ गते हुन्छ,’सचिव तामाङले उकेरासँग भने ‘आज हुन नसकेका वडामा कतै १३ गते वडा र १५ गते पालिका अधिवेशन हुने जानकारी छ, कतै १५ गते वडा अधिवेशन र २७ गते पालिका अधिवेशन गर्ने भन्ने जानकारी आएको छ।’
उनले कार्तिक मसान्तसम्म वडा र पालिकाको अधिवेशन सकिने बताए। वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले १२ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्दैछन्।
कात्तिक ६, २०७८ शनिबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।