श्रम रोजगार पत्रकारिता पुरस्कार तीन पत्रकारलाई
काठमाडौँ : पत्रकार अमृता अनमोल, रमेश भारती र अनिल अधिकारी श्रम रोजगार पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन्।
पहिलो पुरस्कार कान्तिपुरमा कार्यरत अनमोल, दोस्रो पुरस्कार शिलापत्रमा कार्यरत भारती र साझा सवालमा कार्यरत पत्रकार अनिलले तेस्रो पुरस्कार पाउने श्रम रोजगार पत्रकार समूहले जनाएको छ।
पहिलो हुनेले नगद ३० हजार सहित प्रमाणपत्र, दोस्रो हुनेले २० हजार सहित प्रमाणपत्र र तेस्रो हुनेले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए।
श्रम रोजगारको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ को स्थापना गरेको समूहले जनाएको छ।
कात्तिक ६, २०७८ शनिबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।