नेपाली नागरिकलाई बन्धक बनाउन खोज्ने बङ्गलादेशी पक्राउ
काठमाडौं : काठमाडौं गौशालाको एसीसी होटेलको कोठामा चुकुल लगाएर बन्धक बनाउने बङ्गलादेशी नागरिक शुक्रबार राति पक्राउ परेका छन्।
मोरङका सुरज दुलाल र काभ्रेका समिन तामाङलाई होटेलको कोठा भित्र राखेर बाहिरबाट चुकुल लगाउने बङ्गलादेशी नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वर्ष २७ का मोहम्मद सहिफुल्ला रहेका छन्। बन्धक बनाउन खोज्नुको कारणबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
यस्तै प्रहरीले भक्तपुरको दुवाकोट र कमलविनायकबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
दुवाकोटबाट देवराज बोहरा र कमलविनायकबाट ज्ञानकुमार मगजुलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट अमेरिकी डलर जस्तो देखिने ५० दरका ११२ थान नक्कली नोट पनि बरामद भएको छ।
कात्तिक ६, २०७८ शनिबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।