१,२ र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा
विभागका अनुसार प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का र फाटफुट वर्षा भइरहेको छ।
दिउँसो देशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने विभागले अनुमान गरेको जनाएको छ। विभागले निकालेको मौसम बुलेटिनमा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।
विभागका अनुसार राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कात्तिक ६, २०७८ शनिबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।