प्रतिबद्धता कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

प्रतिबद्धता कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

बार एसोसिएसनको आज बसेको बैठकले अदालतमा गोला प्रथाबाट पेसी तोक्ने प्रतिबद्धता कार्यान्वयन गर्न अल्टिमेटम दिने निर्णय गरेको हो। 

प्रधानन्यायाधीशले प्रतिबद्धता जनाएको दुई महिनासम्म पनि सर्वोच्च अदालत फूलकोर्टबाट निर्णय गराई लागू गराउनेतर्फ तदारुकता नदेखाएको बारले बताएको छ।

पेशी तोक्ने प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा बार एसोसिएसनले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था नरहने चेतावनी दिएको छ।

बार कार्यसमितिले कार्तिक ७ गते  प्रधानन्यायाधीशलाई भेटेर समग्र विषयमा छलफल गर्ने आज बसेको बैठकले निर्णय गरेको बार एसोसिएसनले जनाएको छ। 

कात्तिक ५, २०७८ शुक्रबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।