भारतले हस्तान्तरण गर्‍यो जयनगर–कुर्था सीमापार रेल खण्ड 

भारतले हस्तान्तरण गर्‍यो जयनगर–कुर्था सीमापार रेल खण्ड 
तस्बिर भारतीय दूतावास

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रूपान्तरण गर्ने कार्य सकिएको भारतीय दूतावासले जनाएको छ। 

दूतावासले विज्ञप्ति निकालेर ८ अर्ब ७७ करोड रुपैयाँमा  निर्माण भएको जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा भएको उल्लेख गरेको छ। जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेसन र साना स्टेसन रहेका छन्।

एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ। जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन्। 

कात्तिक ५, २०७८ शुक्रबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।