पूर्व न्यायाधीशले मागे प्रधानन्यायाधीश राणाको राजीनामा 

पूर्व न्यायाधीशले मागे प्रधानन्यायाधीश राणाको राजीनामा 

फोरमले निकालेको विज्ञप्तिमा प्रधानन्यायाधीशको भूमिकामा उठाइएको प्रश्न, प्रतिनिधि सभा विघटनका मुद्धाहरु लगायत विभिन्न मुद्धाहरुको पेसी सुची तोक्ने सम्बन्धमा उठेका विवादहरू, संवैधानिक अङ्गमा गरिएका नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डा लिएको भनी आरोप लागिरहेको लेखिएको छ। 

यस्तै संवैधानिक परिषद् सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाइ तथा मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भागबन्डाको सौदावाजी गरेको फोरमले उल्लेख गरेको छ। 

फोरमले प्रधानन्यायाधीश स्वयंले निकास दिनु वाञ्छनीय र अनिवार्य देखिएको जिकिर गरेको छ। प्रधानन्यायाधीशको सम्बन्धमा उठेका विवादको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि फोरमले पूर्व न्यायाधीश फोरमले आव्हान गरेको छ।

कात्तिक ५, २०७८ शुक्रबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।