बाढी पहिरो प्रभावितलाई तत्काल राहत: प्रधानमन्त्री देउवा
बेमौसमी वर्षाले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउँदै उनले बाढी पहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए। प्रधानमन्त्रीले बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठुलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन दिएका छन्।
बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री बिहीबार सुदूरपश्चिम पुगेका थिए। देउवाले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी शुक्रबार काठमाडौं फर्किएका छन्।
कात्तिक ५, २०७८ शुक्रबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।