'एमसीसीका बारेमा झुटो प्रचार गरिएकाे छ, एमसीसी पास हुन्छ': प्रधानमन्त्री देउवा
धनगढीः बाढी तथा पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन गर्न कर्णाली र सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास हुने बताएका छन्। शुक्रबार धनगढीमा आयाेजित पत्रकार सम्मेलनमा देउवाले यस्ताे बताएका हुन्।
‘एमसीसीको बारेमा झुटाे प्रचार गरिएको छ। एमसीसी त अनुदान हो। ऋण होइन। एमसीसी पास हुन्छ’, उनले भने।
यस्तै उनले विश्व बैंक र एसियाली विकास बैंकले दिने सहयोगमा नेपालकाे कानूनभन्दा पनि अन्तर्राष्ट्रिय कानून लागू हुने बताए। एमसीसी परियाेजनाले नै नेपालकाे कानूनभन्दामाथि नहुने बताइसकेकाे हुँदा एमसीसी पास गर्नुपर्नेमा देउवाकाे जाेड थियाे।
बिहीबार काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकप्टरमा बाढी पहिराे प्रभावित क्षेत्रकाे अवलाेकनमा निस्किएका देउवा आज काठमाडाैं फर्किने तालिका रहेकाे छ।
कात्तिक ५, २०७८ शुक्रबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।