बाढी पहिराे अपडेट: हालसम्म ९७ जनाकाे मृत्यु, ३५ बेपत्ता

बाढी पहिराे अपडेट: हालसम्म ९७ जनाकाे मृत्यु, ३५ बेपत्ता

काठमाडाैंः बाढी तथा पहिराेमा परी हालसम्म ९७ जनाकाे मृत्यु भएकाे छ। चार दिनसम्म परेकाे अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिराे गएकाे थियाे। 

गृह मन्त्रालयअन्तर्गतकाे राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृतककाे सङ्ख्या ३ जना थपिएसँगै हालसम्म ९७ जनाकाे मृत्यु भएकाे हाे। आज समेत एक जना बेपत्ता भएसँगै कूल बेपत्ताकाे सङ्ख्या पनि ३५ पुगेकाे छ। यस्तै ३२ जना प्राकृतिक विपत्तिमा परी घाइते भएका छन्। 

हालसम्म बाढी तथा पहिराेका कारण देशभरका ७८ घरमा क्षति पुगेकाे छ। 

केन्द्रका अनुसार सुनसरीमा ८ जनाकाे मृत्यु भएकामा ३ जनाकाे सनाखत नभएकाले समावेश गरिएकाे छैन। यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले पनि एक जनाकाे मृत्यु भएकाे भनेता पनि त्यसलाई पनि समावेश गरिएकाे छैन। 

 

कात्तिक ५, २०७८ शुक्रबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।