माैसम अपडेट: प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाकाे सम्भावना

माैसम अपडेट: प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले नेपालमा हाल असर गर्ने उल्लेखनीय माैसमी प्रणाली नरहेकाे बताएकाे छ। चार दिनसम्म परेकाे अविरल वर्षाका कारण थुप्रै जनधनकाे क्षति भएपछि हिजाेबाट पानी पार्ने प्रणाली बाहिरिएकाे थियाे। 

तथापि हाल प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।

आज दिउँसाे प्रदेश न १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ का पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

शुक्रबार राति पनि यही माैसम प्रणाली जारी रहनेछ। 

कात्तिक ५, २०७८ शुक्रबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।