भक्तपुरमा स्रोत नखुलेको ८० लाख नगद सहित एक जना पक्राउ  

भक्तपुरमा स्रोत नखुलेको ८० लाख नगद सहित एक जना पक्राउ  

भक्तपुर : प्रहरीले भक्तपुरको लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक जनालाई पक्रेको छ।

बागलुङ गलकोटका चित्रबहादुर पुन बा. ४९ प ८५६५ नम्बरको स्कुटरको डिकी भित्र स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ लुकाएर राखेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ। 

पुनको काठमाडौँ महानगरपालिका कोटेश्वर स्थित घर कोठामा तलासी लिँदा थप ५० लाख फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले बरामद गरेको नगद ८० लाख र बा ४९ प ८५६५ नम्बरको स्कुटर सहित पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आज बिहीबार सम्पत्ति सुद्धिकरण विभाग पुलचोक ललितपुरमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

कात्तिक ४, २०७८ बिहीबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।