एमालेको महाधिवेशन चितवनमा : बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी 

एमालेको महाधिवेशन चितवनमा : बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी 

बैठकले रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

कमिटीमा अहिले १३ सदस्यको नाम घोषणा भएको छ। ७ प्रदेशबाट सदस्य थप हुने ज्ञवालीले बताए। 

स्थायी कमिटीको बैठक भोलि दिउँसो २ बजे फेरि बस्नेछ। भोलिको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रतिवेदन पेस हुने ज्ञवालीले बताए। 

बैठकले बाढी पहिरोबाट पीडितलाई तत्काल उद्धार गरी राहत वितरण गर्न सरकारसँग माग गरेको छ। अवरुद्ध सडक र भत्केका संरचना तत्काल निर्माण गर्न एमालेले सरकारसँग माग गरेको छ।

कात्तिक ४, २०७८ बिहीबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।