केपी ओलीका कारण शाक्यविरुद्ध उभिने दिन आयो : राजेन्द्र पाण्डे
उनले केपी शर्मा ओलीको प्रतिगमनकारी कदमकै कारण शाक्यविरुद्ध उभिनु परेको बताए। ‘हिजो उहाँ हामीसँगै हुनुहुन्थ्यो,डोरमणी पौडेलविरुद्ध हामीले नै उहाँलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थियौ,’पाण्डेले भने,‘आज शाक्य विरुद्ध उभिने दिन आयो।’ उनले प्रतिगमनविरुद्ध उभिएको गठबन्धनले शाक्यलाई सहयोग गर्न नसक्ने बताए। आफ्नो पक्षमा ५९ जना सांसद रहेको पाण्डेले बताए।
बागमती प्रदेश सभामा शाक्यले विश्वासको मत लिने प्रस्तावविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी उभिएका छन्। समाजवादीका नेता पाण्डेले आफ्नो पक्षमा ५९ सांसद रहेको बताए।
कात्तिक ४, २०७८ बिहीबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।