गणेशमानको परिवारले त्याग मात्र गर्‍यो अब नेतृत्व गर्छ : प्रकाशमान

गणेशमानको परिवारले त्याग मात्र गर्‍यो अब नेतृत्व गर्छ : प्रकाशमान

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहको परिवारले सधैँ त्याग मात्रै गरेको दाबी गर्दै अब पार्टीको नेतृत्व गर्ने बताएका छन्।

बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन गर्दै उनले १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताए। उनले आफू गणेशमानको छोरा मात्र भएर राजनीतिमा नआएको बताउँदै आफ्नो पनि छुट्टै सङ्घर्ष रहेको बताएका थिए।

उनले वर्तमान पार्टी नेतृत्वका कारण पार्टी कमजोर भएको दाबी गर्दै पार्टीलाई विधिसम्मत र संस्थागत रूपमा अगाडि नबढाएको उनले बताए। 

पटक पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गर्दै उनले भने' महाधिवेशन  गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके।’ 

उनले तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने र यसमा कुनै बहानाबाजी गर्न नपाइने बताए।

कात्तिक ४, २०७८ बिहीबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।