सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
काभ्रेः जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो।
दुर्घटनामा परी चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठकाे मृत्यु भएकाे हाे। उनलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियाे। शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए।
मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको पनि प्रहरीले जनाएको छ।
कात्तिक ४, २०७८ बिहीबार ०८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।