भोलिदेखि मौसममा सुधार हुने, भारी वर्षा नहुने
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले भोलिदेखि ठुलो पानी नपर्ने अनुमान गरेको छ।
दुई मौसमिय प्रणाली विकास भएर अकस्मात् ठुलो पानी परेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए। यो मौसमिय प्रणालीको प्रदेश १ मा अहिले प्रभाव बढी देखिएको उनले बताए।
बिस्तारै अकस्मात् आएको ठुलो पानी पार्ने मौसमिय प्रणाली पश्चिमबाट पूर्व सर्दै गएकाले भोलिदेखि मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले बताए। उनका अनुसार विभागले भोलिदेखि ठुलो पानी नपर्ने अनुमान गरेको छ।
कात्तिक ३, २०७८ बुधबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।