बझाङमा बेपत्ता भएका दुई जनाकाे शव भेटियाे, सनाखत हुन सकेन
फाइल फोटो
बझाङः बाढी तथा पहिराेमा परी बेपत्ता भएका २३ जनामध्ये दुई जनाकाे शव भेटिएकाे छ। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काका अनुसार जिल्लाकाे थलरा गाउँपालिका-४ दिक्लामा गएकाे पहिराेमा परी हराएका दुई जनाकाे शव भेटिएकाे हाे।
फेला परेकाे शवकाे हालसम्म सनाखत हुन सकेकाे छैन। नेपाली सेना र नेपाल प्रहरीकाे टोली हाल घटनास्थलमा पुगेकाे छ।
याेसँगै हालसम्म बाढी पहिराेबाट मृत्यु हुनेकाे सङ्ख्या ५० पुगेकाे छ।
कात्तिक ३, २०७८ बुधबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।